गुल्मीको जिल्ला सभामा बाँदर ,भुस्याहा कुकुर र बदेल नियन्त्रण गर्न माग

0
355

खबरमार्केट ब्युरो
असार १५,२०७९ गुल्मीः जिल्ला समन्वय समिति गुल्मीको सभामा सभाका सदस्यहरुले बाँदर , भुस्याहा कुकुर र बदेलको आतंकलाई रोक्नका लागि साझा धारण बनाउन आग्रह गर्नुभएको छ ।

जिल्ला सभा गुल्मीको शुन्य समयमा बोल्दै सभा सदस्यहरुले यस्तो आग्रह गर्नुभएको हो ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिका भित्र बाँदर र भुस्याहा कुकुरको आतंक बढेकाले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जिल्लाको साझा धारण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स साना बाल बच्चाहरुलाई एक्लै हिड्न र घरमा छाड्न पनि नसकिने अवस्था आएकाले समास्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । बाँदरले किसानले लगाएको खेतीपाती नष्ट गरिदिने र भुस्याहा कुकुरको आतंक बढेकाले यसको नियन्त्रण गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष देबिराम अर्यालले जंगली बदेलले हैरान बनाएको बताउनुभयो । किसानले लगाएको खेतिपाती बदेलले नोक्सान गरिदिने गरेको भन्दै यस्तो समस्याको समाधान गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले सडक निर्माण गर्दा वस्ती जोखिममा रहने गरेको भन्दै दीर्घकालिन रुपमा समस्याको समाधान खोज्न जोड दिनुभयो ।
आर्थिक बर्ष २०७९ ।०८० को नीति तथा कार्यक्रम माथि बोल्दै सत्यवती गाउँपालिकाकी उपाध्यक्ष एवम जिल्ला सभा सदस्य निरमाया तरामुले अभियानमूखि कार्यक्रम अन्र्तगत महिलामैत्री वातावरण राख्नुपर्नेमा सुझाब दिनुभयो ।
यस्तै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले गरिब परिचयपत्र वितरण र किसान परिचयपत्र वितरण कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवरज केशीले रिडी रुद्धवेनी,वामीटक्सार सडकको अवस्था बिजोग भएकाले ध्यान दिन आग्रह गर्नुभयो । यस्तै कालीगण्डकी करिडोर अन्र्तगतको रिडी हर्मिचौर सडक खण्डको कालोपत्रे गर्ने कार्यमा ढिलाइ हुन नहुनेमा जोड दिनुभयो ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विकासात्मक तथा प्रशासनिक कार्यमा समन्वय तथा सहजिकरण गर्ने ,समन्वयात्मक अनुगमन,सूचना तथ्यांक तथा अभिलेख ब्यबस्थापन,क्षमता विकास,विभिन्न अभियानमूखि कार्यक्रमा सहजिकरण गर्ने नीति लिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

SHARE