लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीले दिइन् राजीनामा

0
487

असार १५,२०७९ काठमाडौं : लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्।

उनी पछिल्लो समय विवादमा आएकी थिइन्। वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन्।

सो घटनाबारे छानविनको लागि प्रदेश सरकारले समिति समेत गठन गरेको थियो।

SHARE