विषादी सेवनबाट ३ वर्षीय बालिकाको मृत्यु

0
305

असार १३,२०७९सल्यान सल्यानमा मकैमा प्रयोग हुने किटनाशक विषादी सेवनबाट अन्दाजी ३ वर्षीय बालिकाको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका ९ मेलटाकुरीकी ३ वर्षीय बालिका विमला बोहराको सोमबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आमाबुबा खेतमा काम गरिरहेको समयमा आफ्नै घरको बरन्डामा खेल्ने क्रममा मकैमा राख्ने विषादी खाएपछि बेहोस भएकी बालिकाको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए।

SHARE