आदर्श लघुवित्तको आईपीओ बाँडफाँड

0
301

असार १३,२०७९काठमाडौं : आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ।

यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो।

SHARE