गुल्मी सहित सात जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

0
417
फाइल फोटो

असार ११,२०७९काठमाडौं : कास्की, पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासी, गुल्मी र आसपासका धेरै स्थानमा भारी वर्षा मापन भएको छ।

बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला भई बहने नदीमा शनिबार आकस्मिक बहाव हुनसक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ गएराति सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायतका धेरै स्थानमा पनि भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली छ। लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर पूर्ण बदली रहने अनुमान गरिएको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

SHARE