प्रदेश र संघको निर्वाचन सम्मै गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण

0
303

असार ४,२०७९ गुल्मीः नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले बर्तमान गठबन्धनको सरकार संघिय निर्वाचनसम्म नै कायम रहने बताएका छन् ।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेश स्तरिय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबनधन प्रदेश र संघको निर्वाचन सम्म नै कायम रहने दाबी गरेका हुन् ।

मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन् । विगतमा बनेका आयोगहरुले काम भन्दा पनि प्रर्वचन दिने गरेको टिप्पणी गर्दै मन्त्री यस आयोगले परिणम देखिने गरी कम गर्नुपर्नेमा जोड दिए ।

काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्न समेत उनले आग्रह गरे ।भूमिहीनहरुलाई मूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो नभनी काम गर्न समेत उनले आग्रह गरेका हुन् ।

काम गर्न क्रममा बजेट रसुरक्षाको कुनै कमि नहुने भन्दै मन्त्री खाँणले परिणम देखिने गरी काम गर्न भूमिहीनहरुको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा लुम्विनी प्रदेशका जिल्लाका पदाधिकारीहरु , आयोगका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

SHARE