
असार ३,२०७९ गुल्मी : मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम दिइएको छ ।
नेपाल सरकारका पुर्व प्रशाशक डाक्टर नारायण थापा र जिल्ल प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऎन २०७४ को बारेमा जानकारी गराउदै स्थानीय तहमा बजेटको स्रोत ,प्रयोग स्थानीय तहका अधिकार,प्रदेश तथा केन्द्रसङका साझा अधिकारको बारेमा र स्थानीय सरकार संचालन र चुनौतीका बारेमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराइएको हो ।
।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल र मालिका गाउँपालिकाका जनप्रतिनिधि बिच अन्तरक्रिया समेत भएको छ । समसामयिक बिषय वस्तु र स्थानीय तहका चुनौती र सम्भावना लगाएतका विषयमा अन्तरक्रिया भएको गाउँपालिका प्रवक्ता ज्ञानकुमार बुढाले जानकारी दिए।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले स्थानीय जनताहरुको माग र इच्छा अनुसारको काम गर्न आफु प्रतिबद्ध रहेको बताए । गाउँपालिकाका नागरिकहरुको आय आर्जनमा बृद्धि गर्ने गरी कार्यक्रमहरु संचालन गरी आत्म निर्भर बनाउन आफु लाग्ने दाबी गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले पनि आगामी योजना र कार्यदिशाको बारेमा सहजिकरण गरेका थिए ।






