एमसिसीमा अनुदान प्राप्त भएपछि बजेट विनियोजन गरेको हुँ : अर्थमन्त्री

0
319

असार२ ,२०७९ काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना ९एमसिसी०मा अनुदान प्राप्त भएपछि योजना निर्माणको लागि बजेट विनियोजन गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘एमसिसी अनुमोदन गर्ने प्रक्रियामा हामी सबै सामेल थियौँ, सोहीअनुसार प्राप्त भएको कुन अनुदान सहयोग छ।

त्यो सहयोगको आधार योजना निर्माणको लागि बजेट विनियोजन गरिएको छ।’

बजेटमा विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकअन्तर्गत संसद्‌मा छलफल जारी छ।

SHARE