वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
252

जेठ ३१,२०७९ बर्दिया : बर्दियाको राजापुर नगरपालिका(७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समूहका अध्यक्ष थारुसहित तत्कालीन सचिव सोहनप्यारी थारु, तत्कालीन कोषाध्यक्ष राधेश्याम थारु र सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

समूहका पदाधिकारीले सप्लायर्सका सञ्चालकसँगको मिलेमतोमा आव ०७४र७५ मा गैरकाठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट आम्दानी भएको रकम अनियमितता गरेको अख्तियारले जनाएको छ।

उनीहरूले समूहको खातामा जम्मा भएको रकम तुरुन्तै चेकबाट रकम दाखिला गर्नेलाई नै फिर्ता दिएर २ लाख ७८ हजार ८४ रूपैयाँ बराबर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेकाले भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार अनियमितता भएको रकम बराबरको बिगो कायम गरी असुलउपर गर्न र जरिवानासहित कैद सजाय माग गरिएको छ।

SHARE