शेयर बजारमा घाटा भएपछि अर्थमन्त्रीलाई गुल्मीका लगानीकर्ताद्धारा ज्ञापन पत्र

0
295

जेठ ३०,२०७९ गुल्मी : पुँजी बजार सुधार, विकास र बिस्तारका कामहरु तत्काल गर्नुपर्ने माग राख्दै गुल्मीका सेयर लगानीकर्ताहरुले जिल्ला प्रशासन कार्यालय मार्फत अर्थमन्त्रीलाई सोमबार ज्ञापन पत्र पठाएको छ ।

सोमबार लगानी कर्ता संघर्ष समिति गुल्मीको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । पुँजी बजार सुधार विकास र विस्तारका लागि १९ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

विगतको सरकार र वर्तमान सरकार बिच भएको ५८ बुँदेका बाँकी काम तत्काल गर्नुपर्ने, बाणिज्य बैङ्कका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चक्ता पुँजी कायम गरी तत्काल बोकर लाइसेन वितरण गर्नुपर्ने, सरकारका मन्त्री र राजनितिक ओहदामा रहेकाहरुले शेयर बजारको बारेमा सकारात्मक तथा नकारात्मक अभिव्यक्ति दिन बन्देज लगाउनुपर्ने, दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पुँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने जस्ता १९ बुँदे माग राखेको लगानी कर्ता संघर्ष समितिका अभियानकर्ता तारा भुसालले जानकारी दिए ।

लगानी कर्ता संघर्ष समितिबाट राखिएका माग सरकारले पुरा नगरे थप आन्दोलनका कार्यक्रम संचालन गरिने भुसालले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे आफूले अर्थ मन्त्रालयमा लगानीकर्ताको ज्ञापन पत्र पठाउने बताए ।

SHARE