लुम्बिनीको नीति तथा कार्यक्रम २५ गते

0
413
फाइल फोटो

जेठ २३,२०७९
रुपन्देही : लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम दुई दिन पछि सरेको छ।

आज ल्याउने भनिएको नीति तथा कार्यक्रम बुधबारका लागि सरेको हो।

प्रदेशसभा​का सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचन अस्वस्थ भएकाले बैठक दुई दिन पछि सारेको बताए।

यसअघि प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर जेठ २३ गते दिउँसो १ बजे बस्ने तय भएको दशौँ अधिवेशनको छैटौँ बैठक जेठ २५ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको जानकारी दिएको थियो।

SHARE