
जेठ २१,२०७९ धनगढी : अछाममा एक किशोर मृत अवस्थामा भेटिएका छन्। शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका ४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोर मृत भेटिएका हुन्।
पाँच दिनदेखि हराइरहेका किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। प्रहरीका अनुसार विनोद शाही मृत भेटिएका हुन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत रहेको बताइएको छ।
उनको शव फेला परेपछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भइरहेको प्रहरीले बताएको छ।

एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। कार्यकर्ताहरूबीच विवाद भएर आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन।






