गुल्मीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु

0
236

जेठ २१,२०७९ गुल्मीः गुल्मीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका इश्मा गाउँपालिका वडा नम्वर २ का ४१ वर्षीय झबिलाल कुमालको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।

कुमाललाई खोलामा डुबेको अबस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । कुमालको शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE