माओवादीबाट निर्वाचित वडा सदस्य पक्राउ

0
217

जेठ १७,२०७९ जनकपुर : माओबादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहिदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको होे।

कार्यपालिका सदस्य छनौट गर्नका लागि मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

SHARE