सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने जस्तो भएको एमालेको आरोप

0
331

जेठ १७,२०७९ काठमाडौं :नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको आरोप लगाएको छ ।

मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत एमालेले निकालेको छ।

बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडाले बजेटबारे एमालेका सांसदहरुलाई प्रशिक्षण दिएका थिए।

त्यसैगरी पार्टी निकट अर्थशास्त्रीहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए।

SHARE