छत्रकोटका बिद्यालयहरु आइतबार पनि संचालन हुने

0
274
छत्रकोट गाउँपालिका कार्यालयको तस्विर :खबरमार्केट

जेठ १६,०७९ : गुल्मीको छत्रकोट गाउँपालिकाले आइतबार पालिका भित्रका बिद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ ।

संघीय सरकारले आइतबार बिद्यालय बन्द गर्ने निर्णय गरेपनि स्थानीय सरकारले भने संचालन गर्ने निर्णय गरेको हो ।

पालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले आइतबार बिद्यालयहरु संचालन गर्ने निर्णय गरेका थिए । शुक्रबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रममा प्रअहरुले प्रस्ताव लगेको र नवनिर्वाचित जनप्रतिनिधिहरुले बिद्यालय र अभिभावकको सहमति हो भने राम्रो बिषय भएको भन्दै सहमति जनाएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

उनले संघीय सरकारले गरेको निर्णय बिपरित बिद्यालय खोल्न आफुले दबाव नदिएको भन्दै सबैको सहमतिमा भएको निर्णय स्वागत योग्य रहने बताए ।
गाउँपालिका भित्र ४८ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् भने ४ वटा संस्थागत बिद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ ।

यता शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार नै आइतबार बिद्यालय बन्द रहने जानकारी दिए ।

मन्त्रालयले जारी गरेको सूचना विपरीत आफुहरु जान नमिल्ने भन्दै सोही अनुसार नै गर्नुपर्ने उल्लेख गरे ।

गुल्मी जिल्लामा ५५७ सामुदायिक बिद्यालय ५४ संस्थागत बिद्यालयहरु रहेका छन् । जिल्लामा करिब ६८ हजार बिद्यार्थीहरु रहेको मरासिनीले बतााए ।

SHARE