
जेठ १३,२०७९ : जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुराचार कसुरमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्लाको जलजला गाउँपालिका–४ स्थित लामाखेतमा बस्दै आएका ३० वर्षीय विष्णु आचार्यलाई पक्राउ गरिएको हो।
जेठ ११ गते साँझ सवा ५ बजेको समयमा आचार्यले दुर्व्यवहार गरेको भनी बालिकाका बाबुले प्रहरीमा किटानी जाहेरी दिएपछि जेठ १२ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट समेत पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।







