चन्द्रकोटले स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने

0
336

गीता पाण्डे
जेठ ७ ,२०७९ गुल्मीः गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज केशीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रका विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत छुट दिने पहिलो निर्णय गरेको जानकारी दिए ।

यस्तै पालिका भित्रका स्वास्थ्य संस्थामा गर्भवती महिलाले बच्चा जन्माउन नसकी अन्य अस्पतालमा जानु परेमा निशुल्क रुपमा गाउँपालिकाले एम्वुलेन्सको ब्यबस्था गर्ने भएको छ ।

पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरीय बनाइ दक्ष स्वास्थ्यकर्मीको ब्यबस्था गर्ने गरी आफूले योजना बनाएको केशीले बताए ।

SHARE