जेठ ७ ,२०७९ गुल्मीः
गुल्मीमा छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा दुई जना शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।
जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक बिद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने नाबालिका छात्रालाई शिक्षकहरु प्रकाश भट्टराई र निलकण्ठ बस्यालले यौन दुब्र्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौ देखी र भट्टराईले माघ देखी यौनजन्य क्रियाकलापका लागि फकाउने र यौन दुब्र्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।
शिक्षकहरुलाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको खरेलले जानकारी दिए ।