गोकर्ण बिष्टको गाउँपालिका इश्मामा कांग्रेसका भगतसिंह खडका विजयी

0
447

जेठ २,२०७९ गुल्मीः नेकपा एमालेका नेता गोकर्ण बिष्टको इश्मा गाउँपालिकामा नेपाली कांग्रेसका जिल्ला सचिब भगतसिंह खडका विजयी भएका छन्
उनले ५ हजार ५८९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका हीरा एसीले ५ हजार ४६४ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवर क्षेत्रीले ५ हजार ९०९ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिद्धन्दी एंव निर्वतमान उपाध्यक्ष बिमला खत्रीले ५ हजार १२१ मत प्राप्त गरिन् ।

यस अगाडी गोकर्ण बिष्टका दाजु लक्ष्मण बिष्टले २०७४ सालमा इश्मा गाउँपालिका जितेका थिए ।

SHARE