
हुमाकान्त पोखरेल
गुल्मी, २ जेठ :काँग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनलाई पछाडी पार्दै गुल्मीको मदाने गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
नेकपा एमालेका तर्फबाट माधव प्रसाद भुसाल ७८५ मतसहित वडाध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका गोकर्ण बहादुर सेन ओलीले ६२५ मत ल्याएका छन् ।

भुसाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।








