
तम्घास,जेठ १ गते। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर एकमा नेकपा माओबादी केन्द्रका चेतमान कुँवरको प्यानल विजयी भएको छ ।
उहाँले एक हजार सात मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल थापाले ५६२ मत प्राप्त गर्नुभएको छ ।
धुर्कोट गाउँपालिकामा नेकपा माओबादी केन्द्र र नेकपा एमाले बीच गठबन्धन रहेको छ भने यहाँ नेपाली कांग्रेस र एकीकृत समाजबादी बीच गठबन्धन रहेको छ ।

नेकपा माओबादी केन्द्रको तर्फबाट भुपाल पोखरेल र नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डारी अध्यक्ष पदको लागी चुनाबी मैदानमा हुनुहुन्छ ।







