
पोखरा,२५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)काअध्यक्षपुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन स्थानीयतहको निर्वाचनसम्ममात्रनभएर आगामीप्रदेश र सङ्घीय निर्वाचनसम्मकायम रहने बताउनुभएको छ ।
सत्तारुढ पाँचदलीयगठबन्धनले आजपोखरामाआयोजना गरेको चुनावी सभामाउहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने रुपमा देखा परेको बताउँदै उहाँले यसलाई निरन्तरतादिइने बताउनुभयो ।
उहाँले भन्नुभयो,“राष्ट, संविघान र गणतन्त्रको रक्षाकालागि अघि बढेको गबठन्धनलाई विभाजितगर्ने षड्यन्त्रचलिरहेका छन् । गठबन्धनका शक्तिहरुले धेरै मिहिनेत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीयचुनावमामात्रहोइन, भोलीप्रदेश र संघीय चुनावसम्म लैजानु आवश्यक छ ।”

अध्यक्षदाहालले देशमा देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँयुगको सुरुआतयही गठबन्धनबाटै गर्ने संकल्पलिएको बताउनुभयो ।
संविधाननिर्माण र निर्वाचनभएर नयाँ परिस्थिति पछि पनिगतवर्ष देशमा ठूलो दुर्घटना पर्ने खतरा देखापरेको र संविधानमानभएको अधिकार प्रयोग गरी पटक पटक सदन विघटनको प्रयास गरिएको उहाँको भनाई छ ।
संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीको रक्षाकालागि गठबन्धनको जन्मभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध संघर्ष नगरेको भएआज देश दुर्घटनामा परिसकेको हुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,“देशलाई राजनीतिक दुर्घटनामा जानबाट बचाउन, प्रतिगमन , निरंकुशता र तानाशाहीको अराजकताको भुमरिबाट बचाउननै यो गठबन्धनको जन्मभएको हो । ”
देशकाछ महानगर र ११ उपमहानगरमागठबन्धनका साझाउम्मेदवार छान्न सजिलो नभएपनि सबैले देशको समग्र राजनीतिस्थितिलाई विचार गरेर नेपालीजनताको भाग्यर भविष्यप्रतिइमानदार भएर निर्णय उहाँले बताउनुभयो ।
गठबन्धनका साझाउम्मेदवारलाई विजयी गराउन समेत उहाँले मतदाताहरुसमक्षआग्रहगर्नुभयो ।
वैशाख ३० गतेको स्थानीयतहनिर्वाचनमापोखरा महानगरमा गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)काधनराजआचार्य प्रमुखमा र नेपालीकाँग्रेसकाकोपिला रानाभाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।






