गाउँपालिकाका अध्यक्षको निधन

0
285

वैशाख २५,२०७० धनुषाः धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित शेखको शनिबार बेलुकी निधन भएको परिवारका सदस्यले जानकारी दिए।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरीसमेत भएको थियो।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। आसन्न स्थानीय तह निर्वाचनमा लड्न अन्य जनप्रतिनिधिले राजीनामा दिए पनि उनी भने पदमा बहाल थिए।

SHARE