भरतपुर– २८ : स्थानीय ६ सय बढीलाई रोजगारी दिने कुमाल बने वडा अध्यक्षको उम्मेदवार

0
296

चितवन : नेपालबाट विदेश निर्यात हुने एक उत्पादन हो, भेडाको ऊनबाट बन्ने हस्तकलाका सामान । अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ । नेपालबाट यस्ता हस्तकलाका सामान निर्माण गर्ने एक कम्पनी भरतपुर २८ मा छ ।

विगत २१ वर्षदेखि लस्ट होराइजन इन्टरनेसनल ह्यान्डिक्राफ्ट इण्डष्ट्रिले अन्तर्राष्ट्रिय मुद्रा नेपाल भित्र्याएको मात्र छैन, स्थानीय ६०० जनालाई रोजगारी पनि दिएको छ । यसका सञ्चालक हुन्, तेल बहादुर कुमाल (विशाल) । उद्योगमा स्थानीय विपन्न ९५ प्रतिशत महिलाहरुले काम गर्छन् । उद्योगमा ५ प्रतिशत मात्रै पुरुषले काम गर्ने गर्दछन् । उनीहरु उद्योगमा फेल्ट (भेडाको ऊन) बाट लउनडरी ड्रायर बल, क्याट केभ, पेट टोयज, बल कारपेट, सुज, स्लिपर, ह्याट, ब्याग, क्रिसमस आइटम, गिफ्ट आइटम, पर्स लगायत सामग्री बनाउँछन् ।

उद्योगले रोजगारी सिर्जना गरेसँगै यहाँ स्थानीयहरुको जीवनमा ठूलो परिवर्तन आएको छ । व्यवसायबाट स्थानीयलाई रोजगारी दिएका विशाल कुमाल अहिले यसै वडाबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन् । वडाको चौतर्फी विकासका लागि ५ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका कुमाल स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् । २०५० सालदेखि सौराहामा ११ वर्ष पर्यटन व्यवसायी र २०६१ देखि अहिलेसम्म १८ वर्ष उनी फेल्ट वस्तुको उद्योग गरी २९ वर्ष अनुभवी व्यवसायी हुन् कुमाल । उनै कुमाल नेपालको पर्यटकीय गन्तव्य रहेको भरतपुुर २८ मा पर्ने मेघौली, गोलाघाटलाई पर्यटकीय हब निर्माण गर्ने परिकल्पनाका साथ आसन्न बैशाख ३० गते हुने निर्वाचनमा ५ दलिय गठबन्धबाट माओवादी केन्द्रतर्फबाट साझा उम्मेदवार बनेका छन् ।
त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न कुमाल, थारु, बोटे, माझी मुसहर, दलित पिछडा वर्गहरुको समस्यासँग नजिक रहेका कुमालले स्थानीयको जीवनस्तरलाई उकास्न उम्मेदवारी दिएको बताँउछन् ।
को हुन् विशाल कुमाल ?
चितवनमा विस २०२६ साल असोज २ गते भरतपुर २८ गोलाघाटमा जन्मिएका तेल बहादुर कुमाल (विशाल) उपनामले परिचित छन् । उनी स्वर्गीय बुवा धन बहादुर कुमाल र आमा सुनचरी कुमालका कान्छा छोरा हुन् । कुमाल ईमान्दार, मिलानसार, मृदुभाषी र स्वच्छ छवि भएका व्यक्तिका रुपमा चिनिन्छन् । कुमालका २ जना दाजु, एक जना दिदी, श्रीमती र २ छोरा छन् ।
स्थानीय अन्द्रौली आधारभूत प्रथामिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका कुमालले माध्यमिक शिक्षा जानकी मावि मेघौलीबाट पुरा गरेका हुन् । पढाईमा अब्बल रहेका कुमालले विस २०४६ सालमा एसएलसी उतीर्ण गरेसँगै भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन गरेका छन् । त्यही बेलदेखि उनले सौराहामा फुपुका छोराहरुसँगको साझेदारीमा रेष्टुरेण्ट सञ्चालन गरे ।
२ वर्ष साझेदारीबाट रेष्टुरेण्ट सञ्चालन गरेका उनले आफ्नो एकल स्वमित्वमा ९ वर्ष रेष्टुरेण्ट, सोभिनियर सप सञ्चालनमा ल्याए । पर्यटन व्यवसाय छाडेका कुमालले ऊनको सामान उत्पादन गरी विश्व बजारमा निर्यात समेत आफै गर्दछन् ।

राजनीतिक यात्रा
सानैदेखि कम्युनिष्ट चेत भएका कुमाल विद्यार्थी जीवनकालदेखि नै विभिन्न आन्दोलनमा सहभागी हुने गरेका थिए । उनले पञ्चायतविरुद्धको अन्दोलनमा पनि अगुवाई गरेका थिए । त्यस्तै २०४६ सालको अन्दोलनमा उनको सक्रिय सहभागी बने । ईमान्दार, मिलानसार, मृदुभाषी र स्वच्छ छवि भएका कुमाल भरतपुर २८ का जनतामाझ नै लोकप्रिय नेताका रुपमा परिचित छन् ।
विस २०५२ सालदेखि सुरु भएको १० वर्षे जनयुद्धका क्रममा कुमालले पार्टीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पु¥याएका थिए । पार्टीलाई खाद्यान्न, आश्रय एवम् आर्थिक सहयोग पु¥याएका कुमालले माओवादी अन्दोलनलाई उचाईमा पु¥याउने काम गरेका थिए ।
विस २०७४ जेठअघि नेकपा माओवादी केन्द्रको जिल्ला समिति सदस्य रहेका थिए । सफल युवा व्यवसायीको छाप बनाउन सफल कुमाल नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन भरतपुरको उपाध्यक्ष हुन् । नेपाल कुमाल सुधार समितिका काठमाडौँ जिल्ला अध्यक्ष कुमाल नेपाल उनी फेल्ट उत्पादनक तथा निर्यात संघको महासचिव हुन् ।

यस्ता छन् कुमालका योजना

वडा अध्यक्षमा निर्वाचित भएपछि सबैभन्दा पहिला यहाँका भूमिहीनलाई जग्गा दिने कार्य गरिने कुमाल बताउँछन् । वडामा अहिले पनि यहाँ विपन्न परिवारका बालबालिकालाई विद्यालयमा पठाउन सकिएको छैन, उनीहरुलाई विद्यालयको पहुँचमा पुराउने उहाँ बताउँछन् । त्यस्तै खरको छानोमुक्त गर्न पहिलो पहलकदमी हुने उनी बताउँछन् ।

वृद्धवृद्धाहरुका लागि भजनमण्डली, विश्रामस्थल निर्माण गर्ने योजना रहेको उनी बताउँछन् । भरतपुर २८ मा ३० शैयाको अस्पताल निर्माण गर्न प्रथामिकतामा रहेको उनी बताउँछन् ।
कुमालले भरतपुर २८ लाई पर्यटकीय हब बनाउन गोलाघाटमा आईल्याण्ड निर्माण गरी मोटरबोट सञ्चालन गर्ने गरी गोलाघाट किनारलाई प्रयोगमा ल्याउने उनको योजना छ ।
त्यस्तै देवघाट, गोलाघाट र त्रिवेणीसम्म मोटरबोट सञ्चालनमा ल्याइने बताउँछन् । स्थानीय राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा केवलकार सञ्चालनमा ल्याउन सकिने बताउँछन् । त्यस्तै प्याराग्लाइडिङ, फाउन्टेन प्रोग्राम, एक पटकमा २०० जना अट्ने सनसेट भ्यु टावर निर्माण कार्यक्रम पनि रहेको उनको योजना छ ।

यस्तै वडालाई खेलकुदमा राष्ट्रिय रुपमा अगाडि बढाउन विभिन्न विधालाई प्रोत्साहन गर्न पूर्वाधार निर्माण गर्ने बताउँछन् उनी । यस्तै मेघौली नवलपरासी जोड्ने पुल निर्माणको काम अगाडि बढाउन संघीय सरकारसँग पहल गर्ने, राप्ती नियन्त्रणका लागि पनि विशेष पहल गरी स्थायी रूपको कंक्रिट वाल निर्माण गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने गरी काम थाल्ने उनी बताउँछन् ।

वडालाई पर्यटकीय हब निर्माण गर्दा प्रकृतिको संरक्षण गर्दै प्राकृतिक र स्थानीय कला संकृतिमा आधारित पूर्वाधार निर्माणमा जोड दिने उनको योजना छ । कुमालले यस क्षेत्रको विकासका लागि आफ्नै लगानीमा यहाँ स्थानीय जानकी मा.वि. लाई विज्ञान प्रयोगशाला भवन निर्माण ३ वटा विद्यालयहरुमा आर्थिक सहयोग पु¥याएका छन्, उत्कृष्ट विद्यार्थीहरूलाई साइकल प्रदान गरेका छन् भने विपन्न परिवारका बालबालिकाहरूलाई छात्रावृत्ति प्रदान गर्दै आएका छन् । विपन्न एवं दृष्टिविहीनलाई २५ लाखको लगानीमा घर बनाई हस्तान्तरण पनि गरेका छन् ।

स्थानीयको समयस्यालाई आफ्नै समस्या ठान्ने कुमालले वडाबासीको हरेक समस्यामा प्रत्यक्ष पुगेर समधान निकाल्ने गरेका छन् ।

SHARE