स्थानीय तह निर्वाचनः यस्तो छ रोल्पामा चुनावी माहोल

0
405

वैशाख १९,०७९ रोल्पा : रोल्पामा आगामी बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा माहोल विस्तारै निर्वाचनमय बन्दै छ । रोल्पा जिल्लामा सबै राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक एजेण्डासहित जनताको माझमा गइरहेका छन् । रोल्पा जिल्लामा निर्वाचनका लागि सबै राजनीतिक दलहरुले तयारी गरिरहेका छन् । गाउँ गाउँमा जनताको बीचमा जान थालेका छन् । रोल्पा जिल्लामा नेकपा
(माओवादी केन्द्र), नेपाली कांग्रेस र एमालेको त्रिपक्षीय भिडन्तझै देखिन्छ ।

रोल्पा जिल्लामा प्रतिगमनकारी विरुद्धको मोर्चाले पनि सार्थक पाउन सकेन । रोल्पा जिल्लामा कांग्रेसले ५ वटा गाउँपालिका अनिवार्य दावी र माओवादीले अधिकतमसम्म ३ वटा गाउँपालिका दिन सक्ने भन्ने विषयमा नमिलेपछि अब स्वच्छ तरिकाले निर्वाचनमा भाग दिने भएका छन् । रोल्पा जिल्लाको १० वटा स्थानीय तहमा अब चुनावी मोर्चामा होमिएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि चुनावी माहोल बन्दै गएको छ । सबै राजनीतिक दलहरुले आफ्नो चुनावी कार्यक्रमलाई स्थानीयतस्तरसम्म केन्द्रीत गर्नुले पनि अब रोल्पामा चुनावमय बन्दै गएको छ । जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व चयनका लागि राजनीतिक दलहरुले आफ्नो तर्फबाट न्वारानदेखिको बल लगाइरहेका छन् । रोल्पा जिल्लाका १० वटा स्थानीयतह र ७२ वडामा को विजय हुन सक्न भन्ने कुरा अझै भन्न सक्ने अवस्थामा नभएमा पनि विभिन्न अड्कलबाजी गर्ने र राजनीतिक सभादेखि चियागफ अनि सामाजिक सञ्जालहरुमा छाउन थालेको छ । यस बारेमा रोल्पा जिल्लाको विगतको मतभारका आधारमा राजनीतिक दलहरुका प्रमुखहरुले के भन्छन् त ?

रोल्पा जिल्लामा रोल्पा नगरपालिका लगायत ९ वटा स्थानीय पालिका रहेका छन् । २०७४ सालको स्थानीय तहमा नेकपा (माओवादी) केन्द्रले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कार्यपालिमामा बहुमत रहेको छ । यसगरी नेकपा (एमाले) ले त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले लुंग्री गाउँपालिकामा प्रमुख र उपप्रमुख विजय भएको थियो । पालिकाको विजयको अवस्था यसैलाई विश्लेषण गर्ने हो भने नेकपा माओवादी केन्द्र ७० प्रतिशत, नेकपा एमाले २० प्रतिशत र नेपाली कांग्रेस १० प्रतिशत हो । अब कसले कुन पालिका वाजी मार्ला भन्ने कुराको चर्चा परिचर्चा हुन थालेको छ ।

२०७४ सालको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने रोल्पा नगरपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै जित्न सक्ने भएको माओवादी केन्द्रका रोल्पा जिल्लाका संयोजक सुरेन्द्र थापाले बताउनुभयो ।

रोल्पा नगर माओवादी केन्द्रकै पोल्टामा

रोल्पाको एक मात्र नगरपालिकामा यसपटक पनि माओवादी केन्द्र नै विजय हुन सक्ने अनुमान गर्न थालिएको छ । बलियो संगठन भएकै कारणले जित्न सक्ने आधार सृजना हुँदै गएको छ । २०७४मा पनि नेकपा (माओवादी केन्द्र) का पूर्ण केसीले ५६३४ मत लिनुभएको थियो भने नेपाली कांग्रेसका उम्मेद्वार पूर्व सांंसदले ३८२७ मत लिनुभएको थियो भने एमालेका मिना शर्माले ४७८ मत लिनुभएको थियो। त्यसैले यसपटक पनि माओवादीको पोल्टामै पर्ने अड्कल गर्न थालिएको छ । आगामी निर्वाचनमा पनि गठबन्धन नेपाली कांग्रेसका शेरबहादुर थापा र माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीबीचमा प्रतिष्प्रर्धा हुने भएपनि अन्तिममा (माओवादी केन्द्र) नै विजय हुन सक्ने सम्भावना देखिएको छ ।

सुनछहरी गाउँपालिका

रोल्पाको सुनछहरी गाउँपालिकामामाओवादी केन्द्र नै विजय हुने सम्भावना छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार आसबहादुर पुनमगरले २५५१ मत लिएर विजयी हुनु भएको थियो भने नेपाली कांग्रेसका उम्मेद्वार दुर्गे बुढामगरले ११३६ मत र एमालेका रिमा सुवेदीले ९४७ मत लिनुभएको थियो ।

हाल नेपाली कांग्रेस एमाले र नेकपा माओवादीका साझा उम्मेद्वार नै एमालेको सूर्य चिन्हबाट नेकपाका पुस्तमन घर्तीले उम्मेद्वार दिएपछि प्रतिष्प्रर्धा हुने देखिएको छ । २०७४ मा निर्वाचनमा बहिस्कार र बम पड्काउँदै गरेको पार्टी र पुस्तमन घर्ती नै एमालेको सुर्य चिन्हबाट निर्वाचन लड्ने भएपछि माओवादी केन्द्रका नेता धनबहादुर पुनमगरलाई अलि सहज हुने अवस्था देखिएको स्थानीय बताउँछन् । २०४७ सालको निर्वाचनबाट निर्वाचित गा.पा. अध्यक्ष आसबहादुर पुनमगरले जनताको सेवा अत्याधिक गरेको कारणले गर्दा पनि मत थपिएको बताइएको छ ।

थबाङ माओवादी केन्द्रकै आधार इलाका

जनयुद्धको आधारइलाका थबाङमा माओवादी केन्द्रले नै बाजी मार्ने अवस्था देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार वीरबहादुर घर्तीमगरले १९९० लिएर विजयी हुनुभएको थियो भने कांग्रेस र विप्लवको समर्थनमा स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले १०५७ मत प्राप्त गर्नुभएको थियो । हाल स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले पनि फिर्ता लिएपछि र थबाङबाटै थबाङमा माओवादी केन्द्रका उम्मेद्वार ऋषिकेशव बुढामगरलाई झनै सहज हुने देखिएको छ ।

परिवर्तन गाउँपालिका

परिवर्तन गाउँपालिकामा २०७४ मा माओवादी केन्द्रका उमेद्वार निमकान्त डाँगीले ४६०८ मतले विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका उमेद्वार झक्कुप्रसाद घर्तीमगरले १९८९ मत लिनुभएको थियो । यसपटक पनि माओवादी केन्द्रका नेता सुकबहादुर बुढामगर र यसभन्दा अगाडि कांग्रेसबाटै राजनीनामा दिई स्वतन्त्र घोषणा गर्नुभएका हाल फेरि कांग्रेसबाटै उम्मेद्वार दिनुभएका विश्वकुमार चन्दबीचमा प्रतिष्प्रर्धा हुने देखिएको छ । यस गाउँपालिकामा भर्खरै उद्योग वाणिज्य संघको अध्यक्षबाट विदाइ चन्द फेरि कांग्रेसबाट दिनुभएकोले उनलाई अबसरवादीका रुपमा चिन्न थालेका छन् । तर चन्द र बुढाबीचमा प्रतिषप्रर्धा भए पनि बुढा नै विजयी हुने आकलन गरिएको छ ।

माडी गाउँपालिका
माडी गाँपालिकामा यसअघि नेपाली कांग्रेस र एमालेका साझा उम्मेद्वारका रुपमा गोपाल घर्तीले २६२१ मात्रै लिनुभएको थियो भने माओवादी केन्द्रका नन्दबहादुर पुनमगरले ३१८२ प्राप्त गरी विजयी बन्नुभएको थियो । यसपटक पनि (माओवादी केन्द्र) र एकीकृत (समाजवादी) साझा अध्यक्षका उमेद्वार अमरसिंह घर्तीमगर र नेपाली कांग्रेस, एमाले र स्वतन्त्रका साझा उम्मेद्वार विजयी घर्तीमगरको बीचमा कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । माओवादी केन्द्रका नेता विजय घर्तीमगर एमालेमा जानु र समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको लगायतको टिम समाजवादीमा रहँदा त्यसले पनि माओवादी केन्द्रलाई बलियो अधार भएको अनुमान राजनीतिक वृत्तमा हुन थालेको छ ।

सुनिलस्मृति गाउँपालिका

२०७४ सालको स्थानीयतहको निर्वाचनमा माओवादीबाट सबैभन्दा बढी आकांक्षीहरुको भएर पनि एक मत गराएर विजय गुणेन्द्र घर्तीमगरले ४१५५ मत लिनुभएको थियो भने नेपाली काँग्रेसका शेरचन महराले ३०६० र एमालेका खिमचन्द्रले १०१९ लिनुभएको थियो । त्यसमा अहिले पनि माओवादी केन्द्रको साझा मनोविज्ञानमा लिन सक्यो भने विजय भन्ने सम्भावना बढेको छ । होइन भने नेपाली कांग्रेस पनि बलियो प्रतिष्पर्धी भएकाले गर्दा यो निर्वाचन निकै रोचक हुने देखिन्छ ।

त्रिवेणी गाउँपालिका

त्रिवेणी गाउँपालिका २०७४ मा नेकपा एमालेका उम्मेद्वार शान्तकुमार वलीले ३ हजार ३३३ मत प्राप्त गर्नुभएको थियो भने माओवादी केन्द्रको गंगाप्रसाद बुढामगर ३ हजार ११२ मत लिई निकटतम प्रतिद्वन्दी बन्नुभएको थियो । नेपाली काँग्रेसको मत ९८४ मात्रै रहेको छ । यसमा माओवादी केन्द्रका नेता कुलानन्द गिरीले उम्मेद्वार दिई ७५८ मत लिनुभएको थियो ।

यसर्थ हाल माओवादी केन्द्रबाट साझा उम्मेद्वार र दुरदर्शी नेता युवा नेता रेशम पुनमगर र कर्णबहादुर बाँठामगरबीचमा हुने भएको छ । गाउँपालिकामा एमालेको सबैभन्दा बलियो वडा नुवागाउँमा एमालेका स्थापित नेता शान्तराज बोहरा माओवादी केन्द्रबाटै वडा अध्यक्ष लड्ने भएपछि एमालेलाई सकस बनेको छ । समाजवादीको पनि सबैभन्दा राम्रो त्रिवेणी गाउँपालिका भएकाले भएको दावी गर्दै गाउँपालिका अध्यक्ष लालबहादुर खत्रीले उम्मेद्वारी दिएपछि एमाललाई सकस परेको छ । किनकि समाजवादीले एमालेकै मत काट्ने देखिन्छ । सो अनुसार हालसम्मको अवस्थाका आधारमा जसरी पनि माओवादी केन्द्रलाई सहज हुने अवस्था देखिन्छ ।

रुन्टीगढी गाउँपालिका सबैको गणनामा

रोल्पाका १० वटा स्थानीयतहहरुमध्ये सबैको नजर रुन्टीगढीमा लागेको छ । २०७४ को निर्वाचनमा सबैभन्दा प्रतिष्पर्धा भएको गाउँपालिका हो । जसमा एमालेका उम्मेद्वार बालाराम बुढामगरले ३४०२ मत लिनुभएको थियो भने नेपाली कांग्रेसको टेकहादुर बस्नेतले ३२७९ र नेकपा (माओवादी केन्द्र) गोविन्द पुनमगरले ३१०८ लिनुभएको थियो ।

यस गाउँपालिकामा भने पहिला एमाले नै अग्रस्थानमा थियो । यसपटक नेपाली कांगे्रस, माओवादी केन्द्र, एमालेबीचमा नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । कतिपयको अनुमान बालाराम बुढा नै आउने भनिएपनि हार हुन सक्ने भन्दै यामबहादुर दशौदीलाई एमालेबाट उम्मेद्वार बनाइएको छ । त्यस्तै, नेपाली कांग्रेसबाट जनक पुनमगर, माओवादी केन्द्रका गोविन्द पुनमगर बीचमा त्रिपक्षीय भिडन्तमा छ । सबैले आफ्नो विजयको गणनामा राखेका छ ।

गंगादेव गाउँपालिका

रोल्पाको गंगादेवमा पनि सबैको नजरमा परेको छ । २०७४ सालमा माओवादी केन्द्रका बीरबहादुर खत्रीले २४१४ मत प्राप्त गरी विजय हुनुभएको थियो भने एमालेका रोशनकुमार वलीले २२९० र नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले २२६१ मत लिनुभएको थियो ।

यस गाउँपालिमा झ्वाट्ट हेर्दा यसै भन्न नसकिने अवस्था रहेको गाउँपालिका राजनीतिज्ञहरु बताउँछन् । तर यसमा सत्ता साझेदारी गठबन्धन भयो भने र एमाले पार्टीको विभाजनले एउटा टिम समाजवादीमै रहेको कारणले गर्दा यसमा माओवादी केन्द्र नै बलियो देखिन्छ । तर त्यसमा स्वतन्त्र उम्मेद्वार एवं विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीले माओवादीकै भोट काट्ने भएको गर्दा त्यहाँ यसै हुन्छ भन्न सकिने बताइन्छ।

लुंग्रीमा कांग्रेस र माओवादी केन्द्रको प्रतिष्पर्धा

लुंग्री गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको रस्साकसी हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस दुर्गाबहादुर खड्काले ३१२५ मत लिएर विजय हुनुभएको थियो भने माओवादी केन्द्रका तुलाराम खड्काले २९१० प्राप्त गरेको निर्वाचन आयोग रोल्पाको अभिलेखमा छ । यसर्थ आफ्ना संगठनहरु बलियो बनाउँदै गएको दुवै पक्षको भनाइ छ । यसमा लुंग्री–१ पाङ लुंग्री २ सीर्पको मतले निर्भर गर्ने अनुमान गरिन थालेको छ । यस पटक नेपाली कांग्रेसका नेता जनक खड्का र माओवादी केन्द्रका भरत थापाबीचमा प्रतिष्पर्धा हुने देखिएको छ । तर नेपाली कांग्रेसको तीव्र मतभेदमा माओवादी केन्द्रलाई जितको सुनिश्चतता हुन सक्ने अनुमान गरिएको छ ।

रोल्पाको निर्वाचनमा अबको अवस्थाका आधारमा माओवादी केन्द्रले विगतको ७ पालिकाभन्दा त्रिवेणी र लुंग्री थप गर्न सक्ने अवस्था देखिएको छ । रोल्पा जिल्लाका राजनीतिक दलहरु सबै निर्वाचन प्रचार प्रसारमा लागेका छन् । तर आगामी बैशाख ३० गते जनताले दिने मतको आधारमा सत्य नतिजा आउने कुराले नै कसको अवस्था कस्तो भन्ने कुराको निधो गर्नेछ ।

SHARE