पूर्वमन्त्री झाको निधन

0
236

बैशाख ११,२०७९ काठमाडौं : पूर्वमन्त्री एवं सांसद डिम्पल झाको निधन भएको छ।

दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित झाको आज बिहान साढे चारबजे निधन भएको श्रीमान एवं पूर्वमन्त्री अनिलकुमार झाले जानकारी दिए।

उनको काठमाडौंको रानीबारीस्थित घरमा निधन भएको हो। डाक्टर झा दोस्रो संविधानसभाको सदस्य, हाल प्रदेश सभा सदस्य र तीन वर्ष मधेश प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री भएकी थिइन।

४२ वर्षीय झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिने श्रीमान अनिल झाले बताए। उनका एक छोरा छन्।

SHARE