बैशाख ७,२०७९ रुपन्देही :नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।
पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाँणको चेतावनी छ।