सन्तोष महतारा
गुल्मी, ३० चैत ÷ लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गुल्मीले सामाजिक अभियान्तलाई सम्मान गरेको छ । बुधवार जिल्लाको सदरमुकाम तम्घासमा बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार सामाजिक अभियान्ता शान्त शर्मालाई सम्मान गरेको हो ।
शर्मालाई प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्री, पूर्व अध्यक्ष खुमबहादुर खत्री र निर्वतमान अध्यक्ष जनक पन्थ लगायतले सम्मान पत्रद्धारा सम्मान गरेका हुन् । दोस्रो लहरको कोरोना महामारीको समयमा गुल्मी जिल्लाका बिभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।
बोधिसत्व बिहार काठमाडौंले जिल्लामा सामाजिक अभियान्ता तथा गायक तिलक बस्नेको पहल र प्रतिष्ठानको सहकार्यमा करिब १ करोड बाराबरको स्वास्थ्य सामाग्रहरु सहयोग गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले कोरोना महामारीमा बोधिसत्व बिहार काठमाडौं र शान्त शर्माले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
उनले आगामी दिनहरुमा पनि जिल्लाको निम्ति सहयोग गर्न आग्रह गरे । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बोधिसत्व बिहारले कोरोना महामारीमा गरेको महान कार्य जिल्लावासीले कहिल्यै भुल्न नसक्ने बताए । उनले जिल्लाको कुनैपनि बिपदमा आगामी दिनहरुमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा सम्मानित बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार शान्त शर्माले कोरोना महामारीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले खेलेको भूमिकाको उच्च मुल्याङकन गरे । उनले जसरी बोधिसत्व बिहारले निस्वार्थ भावानाले सामाजिक कार्य गरेको ग¥यो, त्यसरी नै प्रतिष्ठान गुल्मीले पनि भूमिका खेलेको बताएका हुन् ।