मकवानपुरका भूमिहीन दलितलाई लालपूर्जा वितरण

0
409

मकवानपुर, २६ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तीव्र बनाएको छ। यसै क्रममा आज (शुक्रबार) मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा भूूमिहीन दलितहरुलाई लालपूर्जा वितरण गरिएको छ।

देशभर रहेका सबै भूूमिहीनले जग्गा प्राप्त गर्ने गरी लालपूर्जा वितरण अभियान तीव्र पारिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताउनुु भयो। एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहीनहरुले जग्गा प्राप्त गर्ने गरी अभियान चलाइएको भन्दै मन्त्री श्रेष्ठले सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड दिनुभयो।

भूमिहीनलाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अवरोध सिर्जना गर्ने काम भइरहेको बताउँदै मन्त्री श्रेष्ठले आफू संविधानमा व्यवस्था भएको भूमिहीनले एकपटक जग्गा पाउने हक कार्यान्वयन गर्न प्रतिबद्ध भएका कारण सकारात्मक परिणाम प्राप्त भइरहेको बताउनु भयो। मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पूरा गरेर भूूमिहीनलाई लालपूूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुुकै आए पनि अब यो लालपूूर्जा कसैले खोस्न नसक्नेमा ढुुक्क हुन समेत सबैलाई आग्रह गर्नुभयो।

बागमती गाउँपालिकामा ३ भूूमिहीन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियानअन्तर्गत लगत संकलन र विभिन्न वडामा रहेका भूूमिहीन दलिहरुका लागि जग्गा नापजाँचको काम भइरहेको छ।

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ भने चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहीन दलित घरपरिवारलाई बुुधबार लालपूूर्जा वितरण गरिएको छ।

श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँब्लकमा रहेका २० हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको मन्त्री श्रेष्ठका प्रेस संयोजक तुल्सी सापकोटाले जानकारी दिनुभयो।

SHARE