माओबादीले ल्याएको ब्यबस्थामा महिला कहिल्यै अन्यायमा पर्दैनन् :नेता जिशी

0
319

चैत२१,२०७८ गुल्मीः नेकपा माओबादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिशीले माओबादीले ल्याएको ब्यबस्थामा महिलाहरु कहिल्यै अन्यायमा नपर्ने बताउनुभएको छ ।

सदरमुकाम तम्घासमा भएको स्थानीय तहमा महिला नेतृत्व सुनिश्चिताका लागि अन्र्तक्रिया कार्यक्रममा जिशीले माओबादीले नै ल्याएको ब्यबस्थामा महिलाहरु अन्यायमा नपर्ने र नेतृत्व दिनका लागि आफूहरु नै अग्रपंक्तिमा रहेको दाबी गर्नुभयो ।

संघीयता ,धर्मनिरपेक्षता ,समाबेशीता आफनो पार्टीकै नेतृत्वमा आएको र अहिले देशनै माओबादीको एजेन्डामा चलेको समेत उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहसचिब धर्म पाण्डेले योग्यता र क्षमताको आधारमा महिलाहरुलाई नेतृत्व दिन पार्टी तत्पर रहेको बताउनुभयो ।

यस्तै नेकपा एमालेका जिल्ला सचिब गणेश श्रीपालीले महिलाहरुले नेतृत्व लिनका लागि पार्टीहरुलाई नै दवाब दिनुपर्ने भन्दै अझै पनि पितृ सतात्मक सोच भएकाले सजिलै नेतृत्व प्राप्त गर्न समस्या हुने गरेको बताउनुभयो ।

SHARE