भुतपुर्व ब्रिटिश गोर्खाहरुको संस्था नै माओवादी केन्द्रमा प्रवेश

0
239

चैत २०,२०७८ काठमाडौं :भुतपुर्व ब्रिटिश गोर्खाहरुको संस्था नै माओवादी केन्द्रमा समाहित भएको छ ।

पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित कार्यक्रममा कृष्ण कुमार राईको नेतृत्वमा रहेको गोर्खाहरुको समुहको ८१ जना पदाधिकारीसहित माओवादी केन्द्रमा समाहित भएको हो । भुतपुर्व सैनिकहरुको सय भन्दा बढि संख्यामा रहेका भुतपुर्व ब्रिटिशहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार पार्टीमा प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्वको रहेको बताउनुभएको छ । प्रचण्डले हिजो आफ्नो रगत पसिना विदेशीको लागि बगाएका गोर्खाहरुको समुह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताउनुभयो । उहाँले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनःपुष्टि गरेको बताउनुभयो ।

प्रचण्डले स्थानिय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्रद्रमा मात्रै होइन परिवर्तनकामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका परिवर्तनका एजेण्डाहरुको सुत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरुले मात्रै खान खोज्ने परिपाटिले राजनीतिक स्थिरता कायम हुन नसकेको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रले परिवर्तन र शान्ति तथा विकासमा नेतृत्व गरेको र माओवादी नेतृत्वमा रहेका स्थानिय तहहरुले अरुले भन्दा उत्कृष्ट काम गरेको दाबी पनि गर्नुभयो ।

कार्यक्रममा माओवादी प्रवेश गर्ने संस्थाको नेतृत्वकर्ता कृष्णकुमार राइले माओवादीले नेतृत्व गर्दा मात्रै शान्ति, स्थिरता र विकास हुन सक्ने लागेकोले माओवादीको पक्षमा आफूहरु केन्द्रीत भएको धारणा राख्नुभएको थियो । राइले माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरु प्रभावित भएको र आफूहरुको स्वार्थ राष्ट्रको विकास र समृद्धिको पक्षमा काम गर्ने बाहेक अरु नभएको बताउनुभएको थियो ।

त्यसैगरी राईले आफूहरुको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेको कारणले पनि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताउनुभएको थियो

SHARE