माओवादी केन्द्र मदाने –५ को भेला सम्पन्न

0
287

चैत १९,२०७८ गुल्मीःनेकपा माओवादी केन्द्र मदाने गाउँपालिका –५ मलागिरीको वडाभेला सम्पन्न भएको छ ।

भेलाले ध्रुव खत्रीको अध्यक्षतामा ४५ सदस्यिय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा निरा केसी, सचिवम पूर्व पीएलए झविन्द्र सेन, सह–सचिवमा प्रितम केसी र पवन केसी र कोषाध्यक्षमा राजु खड्का लगायत अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय भरत चन्दले माओवादी केन्द्रप्रति जनलहर बढ्दै गएकोले अब आउने पक्षमा माओवादी केन्द्रको पक्षमा मतदान गर्न आग्रह गरे ।

त्यस्तै बृद्ध, अपाङ्ग, युवा लगायतको पक्षमा माओवादी केन्द्रले मात्रै काम गरेको भन्दै उनले मदाने गाउँपालिकामा पनि अब माओवादी केन्द्रले नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका विभिन्न पदाधिकारीहरु, भातृ संगठनका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

SHARE