एमाले ५ बर्ष प्रतिपक्षमा बस्न तयार भए हुन्छ :मुख्यमन्त्री केसी

0
453

चैत१८,२०७८ रोल्पाः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले एमालेलाई ५ बर्ष सम्म प्रतिपक्ष रहेर बस्नका लागि तयार रहन आग्रह गर्नुभएको छ ।

केपी शर्मा ओलीलेको प्रतिगमन पश्चात बनेको राजनीतिक गठबन्धनका विरुद्ध एक्लै जितिन्छ भन्दै कुर्लिरहेको एमालेलाई लुम्बिनी प्रदेशमा भाङ बालेर खोज्ने बनाउनका लागि लुम्बिनीमा केपी शर्माका प्रतिगमन र अहंकारी प्रवित्तीको विरुद्धमा सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सम्पूर्ण तयारी भइरहेको बताउनुभयो ।

यस्तो विचार मुख्यमन्त्री केसील घरेलु तथा उद्योग महासंघ रोल्पाले आयोजनाको गरेको महोत्सवलाई उद्घाटन गर्दै रोल्पाको लिबाङमा बताउनुभएको हो । नेकपा एमालेलाई आगामी ५ वर्षमा प्रतिपक्षरुपमा बस्न तयार हुनुका अनुरोध गर्दै उहाँले भन्नुभयोः–“नेपालको राजनीतिक इतिहासमा अब केपी ओलीले गरेको प्रतिगामी कदमको विरुद्धमा गठबन्धन बनाएका छाँै, यस गठबन्धनको मर्म अनुसार आगामी ५ वर्षका लागि अगाडि बढेका छाँै, त्यसलाई हामी अगाडि एमालेलाई बढार्ने अभियायानमै लाग्नेछौँ, म दल नेता पनि हो, त्यसैले १०९ स्थानीयतहको बैठक बसाल्ने तयारी गरेको छौँ ।”

उहाँले लुम्बिनी प्रदेशमा एमाले विपक्षी दलले गैर राजनीतिक भाषण गर्दै अगाडि बढेको बताउँदै त्यसका लागि लुम्बिनीमा ४२ सीटमा रहेको एमालेलाई ३६ सीटमा झार्ने आफै भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“ एमालेको ४२ सीटकोलाई प्रदेश सभा सदस्यहरुलाई राजनीनामा गराए ३६ सीटमा लिएर नयाँ गठबन्धनको सरकार बनाएका थियौँ ।” त्यो पनि हेक्का राख्न अनुरोध गर्दैै गैर संवैधानिक गरिरहेको कुरालाई ख्याल गर्न समेत अनुरोध गर्नुभयो ।

जनयुद्धको थलो रोल्पाबाट माओवादीका प्रभावशाली नेता समेत रहनुभएकाले लुम्बिनीमा गठबन्धलाई विजय बनाएर देखाई दिने बताउँदै त्यसमा सत्ता गठबन्धनले समेत एक भएर लाग्नका लागि अनुरोध गर्नुभयो । गणतन्त्र र संघीयता साथै संविधानको रक्षाका लागि गठबन्धन भएको बताउँदै त्यसका लागि सबै लाग्नका लागि अनुरोध गर्नुभयो । यहाँ पार्टी जित हारको कुरा छैन यहाँ एजेण्डाको विजयका लागि हो केसीले भन्नुभयो ।

उहाँले रोल्पा जिल्लाको समृद्धका लागि सबै नागरिकको लागि समृद्धको सपना माओवादी केन्द्र र वर्तमान सरकारले नै कोरेको बताउनुभयो । उहाँले रोल्पामा जनयुद्धमा गरेको बलिदानको कारणले वर्तमानको रोल्पा बनेको बताउँदै रोल्पाको गौरव पूर्ण इतिहासलाई सम्वोधन गर्दै गएको र गरिने समेत बताउनुभयो ।

उहाँले रोल्पामाको जनयुद्ध भ्यूटारको नकरात्मक ढंगले टिप्पनी प्रति उहाँले भ्यूटावरको विरोध होइन जनयुद्ध र वलिदानप्रतिको अपमान गरिएको भन्दै भन्नुभयोः–“ झापा १ अर्वको चर्चा छैन रोल्पामा ६ करोड हो चर्चा किन यो भनेको जनयुद्धको अपमानमा आएका हुन् । ”

यसैगरी लुम्बिनी प्रदेशका उद्योग आपुर्ति मन्त्री अजय शाहीले प्रत्येक जिल्ला आगामी वर्षमा एक जिल्ला एक नमूना उद्योग निर्माण गर्ने बताउँदै त्यसका लागि प्रदेश सरकार लागि योजना निर्माण गरिरहेको बताउनुभयो । जिल्लालाका उद्यमीहरुलाई प्रर्वद्धन र विस्तार गर्नका लागि निर्देशन समेत दिनुभयो ।

मन्त्री शाहीले भन्नुभयोः–“प्रदेशका १२ वटा जिल्लामा नमूना उद्योग स्थापना गर्नका लागि लागेको छु, रोल्पा जिल्लामा पनि एउटा नमुना उद्योग स्थापना गर्न प्रदेश सरकार हाम्रो मन्त्रालय तयार छ यसमा सबैले सहयोग आवश्यक छ ।”

उहाँले बेरोजगार युवाहरुलाई देशमै सीपयुक्त क्षमताको विकास गरी अगाडि बढाउनको लागि प्रदेश सरकारले युवाहरुलाई सीप प्रदान गर्नका लागि कार्यक्रम लिएको बताउनुभयो । उहाँले आम प्रदेशबासीलाई समृद्ध बनाउको लागि प्रदेश सरकारले संघ र स्थानीयतहसँग सहकार्यतासँग सीप प्रदान गरिने बताउनुभयो ।

महोस्त्वमा जनप्रतिनिधी, राजनीतिक दल कलाकार लगायतकको सहभागीताा भएको थियो । सो महोत्सव २७ गतेसम्म चल्नेछ ।

SHARE