
चैत१७,२०७८जनकपुरधाम : धनुषामा स्कुल बसको ठक्करबाट बिहीबार एकजनाको मृत्यु भएको छ।
पुष्पबाटिका स्कुलको बसले लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडअगाडि मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका(१ निवासी ३५ वर्षीय मनोज लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लामिछानेको मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

ठक्कर दिने बसका चालक फरार भएकाले खोजी भइरहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।






