बंगलादेशमा नेपाली स्काउट टोलिलाई स्वागत

0
243

नवराज खरेल ,
चैत ११,२०७८बङगलादेश ढाका :बंगलादेशमा आज तेस्रो विपद व्यवस्थापन सम्बन्धि (DMT) क्याम्पमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली १८ जनाको स्काउट टिम कन्टिजेन्ट लिडर ( स्काउट DMT) पवन कोइरालाको नेतृत्वमा बङगलादेश आइपुगेको छ । बंगलादेशको तर्फबाट स्काउट मुजामवल हप सहितको टोलिले नेपाली स्काउट टोलिलाई स्वागत गरेको थियो ।

नेपाली स्काउट टोलि नेपालको काकरभित्ता हुँदै भारतको रानिगन्ज इमिग्रेशन , च्याङ्ग्रा बन्दा हुँदै बङगलादेशको बुडिमारी बोर्डर हुँदै बङगलादेश प्रवेश गरेको थियो ।

नेपाली टिम ढाका हुँदै किशोरजङ्ग क्याम्प एरियामा पुगेको छ ।
बङगालादेश रहदा बिपत व्यवस्थापन सम्बन्धि बिशेश तालिममा सहभागी हुने कार्यक्रम छ ।उक्त टोलिमा लामो समय स्काउट क्षेत्रमा काम गर्नु भयका हाल ललितपुर महानगर पालिका स्काउट समिती अध्यक्ष गोपाल महर्जन , महानगर समिति सदस्य सागर महर्जन, लुम्बिनी प्रदेश देखि स्काउट रोभर लिडर तथा स्काउट आकस्मिक उद्दारकर्ता नवराज खरेल , झापा बाट किरण बुढाथोकि , प्रदीप खडका , ट्मिस थापा र डेलिना बिक ,ललितपुर बाट कृति तामाङ सिमा विस्ट , मतिना महर्जन , पृती बानिया , अनुजा सिंह बस्नेत , राजन महर्जन र रबिना महर्जनकाठमाडौं देखि युवक बिस्ट , पोखरा देखि अमित तिमिल्सिना , किसान भण्डारी सहित १४ जाना रोभर / रेन्जर लिडरको नेतृत्व ललितपुर महानगर पालिका स्काउट समिती सदस्य एवं नेपालको तर्फबाट देखि टिम कन्टिजेन्ट स्काउट लिडर आकस्मिक उद्धारकर्ता कोइरालाले गरेका छ ।

कोइराला बिगत १५ वर्ष देखि स्काउटको र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सक्रिय भयर लागने गर्छन ।
सरल स्वभाव धनी कोइराला युवा पुस्ताका एक खम्बा हुन ।

नेपाल स्काउटले कोरोना पछि सहभागी हुन लागेको यो पहिलो कार्यक्रम हो । यश कार्यक्रम बाट सिकेर आयको कुरा आफ्नो गाउँ , समाज स्कुल टोल क्लबमा सम्म पुगेर सिकाउने लक्ष्य आयोजकले लिएको छ ।विशेष गरि बिपत सम्बन्धि आगोलागी ,बाढी पहिरो ,डुवान, प्राथमिक उपचार रोप रेस्कियु सम्बन्धि सिकाइ हुने आयोजक देशले जनाएको छ।

SHARE