प्रेस सेन्टर गुल्मीको बैठक सम्पन्न,माओबादीकै एजेन्डामा देश चलिरहेको जिशीको दाबी

0
249

चैत ९,२०७८ गुल्मीः प्रेस सेन्टर नेपाल, जिल्ला कमिटी गुल्मीको बैठक सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको बैठकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य विरबहादुर कार्की, जिल्ला संयोजक बुद्धि जिसी, संगठनका केन्द्रय सदस्य भरत पाण्डे, प्रेम सुनार लगायत जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले हरीबहादुर केसीलाई संगठनको जिल्ला सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । बैठककै अवसरमा पार्टीको जिल्ला समन्वय समिति गुल्मीको संयोजकको जिम्मेवार प्राप्त गरेकोमा युवा नेता बुद्धि जिसीलाई सम्मान गरेको छ ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनसम्बन्धि महत्वपूर्ण निर्णयहरु समेत गरेको संगठनका सचिव हुमाकान्त पोखरेलले जानकारी दिए ।

त्यस्तै पार्टीले संगठनको केन्द्रिय सदस्य भरत पाण्डेलाई गुल्मी अस्पतालको अध्यक्ष भएकोमा, जिल्ला अध्यक्ष तिलाचन पाण्डेलाई भूमी आयोगको विज्ञ सदस्य भएकोमा र उपाध्यक्ष प्रकाश चालिसेलाई मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको जिल्ला समन्वयकर्ताको जिम्मेवारी प्राप्त गरेकोमा सम्मान गरेको छ ।

सम्मान गर्दै प्रदेश समिति सदस्य कार्की र जिल्ला संयोजक जिसीले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । बैठकमा मन्तव्य राख्दै जिसीले देश माओवादीकै एजेण्डामा चलिरहेकोले पार्टीका एजेण्डाहरुलाई नागरिकसमक्ष लैजानुपर्ने बताए ।

जिल्ला संयोजक जिसीले गुल्मीमा माओवादीले नभई माओवादीसँग अन्य दलले तालमेलको प्रस्ताव राखेकोले पार्टीले छलफल गरिरहेको बताए ।

कार्यक्रम प्रेस सेन्टर, गुल्मीका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता एवम् सचिव हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

SHARE