
फागुन ३०,२०७८काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन चैत १ मा बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरि यस्तो जानकारी दिएको हो।
विभागका प्रवक्ता डा।लोकनाथ भुसालले हालसम्म परेका अनलाइन आवेदनलाई कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरेको जानकारी दिएका छन्।
अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई अनलाइन आवेदन बन्द गरिने जानकारी उनले दिए।













