
फागुन २३,२०७८बाँके :बाँकेमा प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका १ बहादुरपुरका २५ वर्षीय रविन्द्र थापा, खजुरा २ बस्ने २७ वर्षीय मनिष थापा, र नेपालगन्ज उपमहानगरपालिका १३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार आइतबार करिब साढे ६ बजेतिर रबिन्द्रले आफ्नै घरमा लागू औषध ब्राउनसुगर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा ९० ग्राम ब्राउनसुगर बरामद गरेको थियो।













