पहाडी स्थानमा वर्षाको सम्भावना

0
343
फाइल फोटो

फागुन १८,२०७८काठमाडौं :देशका पहाडी भू(भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहेको छ। अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा मौसम सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू(भागको थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

SHARE