सेनाको हेलिकप्टरमा २० बर्षीय रावलले जन्माइ शिशु

0
248

फागुन १७,२०७८जुम्ला : सेनाको हेलिकप्टरमा मुगुका एक नवजात शिशुको जन्म भएको छ। नेपाली सेनाले गर्भवतीको उद्धार गरेर लिने क्रममा हेलिकप्टरभित्रै शिशुको जन्म भएको हो।

कर्णाली लगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो। त्यसलगत्तै सरकारले नै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ।

जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लाँदै गरेकी गर्भवती महिलाले हेलिकप्टरभित्रै शिशु जन्माएको सेनाले जनाएको छ।

नेपाली सेनाकी मेजर बिलिना मल्लका अनुसार मुगु जिल्ला खत्याड गाउँपालिका(४ निवासी २० वर्षीया गर्भवती धनलक्ष्मी रावलले हेरिकप्टरमै बच्चा जन्माएकी हुन्।

सैनिक दिवसका अवसरमा पश्चिम हवाई बेसक्याम्प सुर्खेत नेपाली सेनाका पाइलट रत्नचन्द्र श्रेष्ठले उद्धार गरेका हुन्।ड

SHARE