एमालेका सांसद मोहन बानियाँ जजकको आरोपमा विमानस्थलबाट पक्राउ

0
519

फागुन १७,२०७८काठमाडौं : बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्।

जुम्लाकी ४० वर्षीया शिक्षिकालाई नेपालगञ्जको अप्सरा होटलमा बोलाएर बानियाँले जबरजस्ती करणी गरेको भन्दै सांसद बानियाँविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।

बानियाँ बहालवाला सांसद भएका कारण कानुनी प्रकृया पूरागरि जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको थियो।

बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताए।

पीडित शिक्षिकाले दिएको जाहेरीमा आफूले सापटी दिएको २५ लाख रुपैया लिन अप्सरा होटलमा बोलाएको र त्यही होटलमा जबरजस्ती करणी गरेको दाबी गरेकी छिन्।

SHARE