
फागुन १५,२०७८ गल्मीः युवा संघ नेपाल गुल्मीको अध्यक्षमा सुरेश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार अवेर सम्पन्न सघको नवौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा बिमल ज्ञवाली, उपसचिवमा बिबश ठकुरी, बिष्णु विक र कोषाध्यक्षमा बैकुण्ठ श्रेष्ठ लगायत ७५ सदस्य रहेको कमिटी निर्वाचित भएको छ ।
अधिवेशनको युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौलेड लगायतका एक दर्जन नेताले संवोधन गरेका थिए । अधिवेशनका लागि प्रत्येक गाउँपालिकाबाट दुई महिला र १० पुरुष गरेर १२ जना प्रतिनिधी अधिवेशनमा सहभागी थिए ।

त्यस्तै प्रत्येक नगरबाट तीन महिला १२ पुरुष गरेर १५ तथा आयोजक कमिटीबाट ५० जना सहभागी भएको पुर्व अध्यक्ष मोहन पाण्डेयले जानकारी दिए । अधिवेशनमा कांग्रेस र माओवादी पार्टी परित्याग गरि एक दर्जन युवा एमालेमा प्रवेश गरेका छन् ।
११ स्थानीय तहमा युवा संघ
जिल्लाका ११ पालिकामा युवा संघ नेपाल गठन भएको छ । मालिका गाउँपालिका बाहेक अरु पालिकामा युवा संघ गठन गरिएको हो । जिल्लाको मदाने गाउँकमिटीमा जित बहादुर कुवंर, धुर्कोटमा हिमाल भण्डारी, इस्मामा बिष्णु रिजालको नेतृत्वमा युवा संघ नेपाल गठन गरिएको छ ।
त्यस्तै मुसिकोटमा राजेश गुरुङ, रेसुंगामा सुशिल बुढाथोकी, गुल्मीदरवारमा बिरबहादुर कार्की, छत्रकोटमा जीवन बाबु पन्त, रुरु पदम श्रेष्ट, सत्यवतिमा दिलु भण्डारी, कालीगण्डकीमा राम बहादुर पटेल र चन्द्रकोटमा लाल बहादुर थापाको नेतृत्वमा युवा संघ नेपाल गठन गरिएको नवनिर्वाचित जिल्ला अध्यक्ष सुरेश भण्डारीले जानकारी दिए ।







