
फागुन११,२०७८काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहितएकजना भारतीय पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सतिश परसोत्तम सजनानी रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
फ्लाई दुबईको विमानबाट दुबई जान लागेका सजनानीको साथबाट प्रहरीले ३१ हजार छ सय पाँच पाउन्ड स्टर्लिङ, २० हजार अमेरिकी डलर, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३ सय युएई दिराम बरामद गरेको ढकालले बताए।

पक्राउ परेका उनलाई आज आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको प्रमुख ढकालले जानकारी दिए।












