गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण गर्दै पूर्व मुख्यसचिव पौडेल

0
510

हुमाकान्त पोखरेल
फागुन ११,२०७८ गुल्मीः नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणी पौडेल अहिले गाउँगाउँमा स्वास्थ्य सामग्री वितरणमा सक्रिय छन् ।

उनले जिल्लाका विभिन्न पालिकाका विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम् सेविका लगायतलाई मास्क अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् । उनले आफ्नो जन्मस्थल रुरुक्षेत्र गाउँपालिकाका सबै माध्यमिक विद्यालयका लागि माक्स वितरण गरेका छन् ।

फागुन १ गतेदेखि ४ गतेसम्म विद्यालय एवम् त्यसभन्दा पछाडी स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्यम्सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् । गाउँपालिकाका आठओटा विद्यालयका लागि दुई÷दुई हजारका दरले मास्क र छ वटा स्वास्थ्य संस्थाका लागि एक÷एक वटा अक्सिजन कन्सनटेटर प्रदान गरेको माओवादी केन्द्र रुरुक्षेत्र गाउँकमिटीका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

त्यस्तै मुसिकोटको बडागाउँ स्वास्थ्य चौकीको लागि एक थान अक्सिजन कन्सनटेटर र छत्रकोटको आत्मबोध मावि र जनता माविको लागि दुई÷दुई हजार मास्क उपलब्ध गराइएको ज्ञवालीले बताए । त्यस्तै रेसुङ्गा बुहुमुखी क्याम्पस, मुसिकोट र मदानेका विभिन्न विद्यालयहरुको लागि पनि १० हजार मास्क वितरण गरिने नेता ज्ञवालीको भनाई छ ।

पूर्व मुख्यसचिव पौडेलले यसभन्दा अगाडी पनि गुल्मीका विभिन्न संस्थाहरुको लागि स्वास्थ्य सामग्री वितरण गरेका थिए । चीनको छहार केन्द्रमार्फत नेपाललाई प्राप्त १० लाख माक्समध्ये पौडेलले एक लाख माक्स गुल्मीको लागि ल्याएका हुन् ।

SHARE