पहाडी भेगमा वर्षाको सम्भावना

0
202
फाइल फोटो

फागुन ९,२०७८काठमाडौं :पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पहाडी भू(भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाइएको छ।

सोमवार बिहान प्रदेश १ लगायत देशको पहाडी भू(भागको मौसम सामान्य बदली रही बाँकी भू(भागमा भने सामान्यतः सफा रहेको छ।

दिउँसो पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

SHARE