
माघ ८,२०७८ काठमाडौं : नेपालमा फेरि अर्को मौसमी प्रणालीको भित्रिएकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।
मौसमविद गंगा नगरकोटीका अनुसार नेपालमा हाल रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भए पनि शनिबार बिहानदेखि पश्चिम नेपालबाट अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ।
जसको प्रभावले शनिबार‚ आइतबार र सोमबारसम्म क्रमशः मुलुकभर प्रभाव पार्ने विभागले अनुमान गरेको छ।












