सरकारी टोली द्धारा तम्घासका निजी विद्यालय र होस्टेलको अनुगमन

0
234

माघ ७गुल्मी ।गुल्मीको सदरमुकाम तम्घास भित्र रहेका निजी विद्यालय र ती विद्यालयले सञ्चालन गरेका होस्टलको सरकारी टोलीले आज अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको नेतृत्वमा प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराई, राष्टिय अनुसन्धानका कार्यालय प्रमुख दिनेश पोख्रेल , शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लोकनाथ मरासिनी तथा पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।

जिल्लाको रिर्डस पब्लिक हाई स्कुल,आर्दश विद्या आश्रम, गण्डकी इलिंस बोडिङ स्कुल, अजुर्न बोडिङ स्कुल र ब्रिलियण्ट बोडिङको अनुगमन गरिएको हो ।
विद्यालयको बाहिर अवस्था ठिकै भएपनि होस्टेल सुधार गर्नु पर्ने अवस्था देखीएको प्रमुख जिल्ला अधिकारी पुण्य ब्रिकम पौडेलले बताए ।

अहिलेको समय तथा कोभिड (१९ को यो परिस्थितिमा एउटै साँघुरो कोठमा धेरै विद्यार्थी नराख्न अनुगमन टोलीले निर्देशन समेत दिएको छ । त्यस्तै परिक्षा सञ्चालन गरिरहेको गण्डकी इलिंस बोडिङ स्कुललाई परिक्षा रोक्न निर्देशन दिइएको छ । भोली देखीनै परिक्षा नगराउन विद्यालयलाई प्रमुख जिल्ला अधिकारी पौडेलले निर्देशन दिएका छन् ।

शिक्षा मन्त्रालय र कोभिड (१९ संकट व्यवस्थापन समिति गुल्मीले विद्यालयल बन्द गर्ने निर्णय गरे पनि केही विद्यालयले पढाई सुरु गरेको गुनासोे आएपछि सरकारी टोली अनुगमनमा निस्कीएको हो ।

SHARE