
पुस २०,२०७८काठमाडौं : नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ। आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ। यस्तै, तेजाबी सुन तोलाको ९१ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।











