बधाई दिन ११ किलोको माला

0
283

पुस १४,२०७८ दाङ :नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका तुलसीपुरका गेहेन्द्र गिरीलाई कार्यकर्ताले ११ किलोको माला लगाएर बधाई दिएका छन्। उनी खस–आर्यतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

पूर्वसांसद समेत रहेका उनी ११ वर्ष पछि फेरि केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्रतीकका रुपमा ११ किलोको माला लगाइदिएको तरुण दलका जिल्ला सदस्य नवीन योगीले बताए।

१४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा दाङबाट गिरीसहित पाँचजना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा दीपक गिरी, कृष्णकिशोर घिमिरे, शीला शर्मा खड्का र योगेन्द्र चौधरी हुन्।

SHARE